
मंगलवार , श्रावण २२, २०८१
काठमाडौं, २२ साउन ।
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेकोे सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलमा सिंहले पटकपटक सरकार परिवर्तनको खेलका कारण जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि ठूला दुई दल मिलेर सरकार बनाएको र वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताए ।
वर्तमान सरकारले देश र जनताका लागि नतिजामूखी काम गर्ने उनले बताए । सिंहले राजनीतिक स्थायीत्व र स्थिरताको जगमा मुलुकको परिवर्तन गर्न ध्यान केन्द्रीत गर्ने धारणा राखे ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले देशभरका सहरी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न नीतिगत सुधारका साथ अघि बढ्ने उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij