
मंगलवार , श्रावण २२, २०८१
काठमाडौं, २२ साउन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको एजेण्डालाई जनतामाझ लैजान एकमत देखिएको बताएका छन् । मंगलवार विराटनगरमा माओवादीको कोशी प्रदेश समितिको सातौं पूर्ण बैठकलाई सम्बोधन गरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष प्रचण्डले आप्mनो पार्टीलाई एकताबद्ध गरेर लैजाने समेत बताए । आप्mनो पार्टीलाई अझ सुदृढ गर्ने अवसरको रुपमा लिएको र आप्mनो जीवनकालमा पार्टी बनाउने अन्तिम मौका आएको उनले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले प्रतिपक्षमा रहेर गम्भिर रुपमा आप्mनो भूमिकालाई अगाडि बढाउने भन्दै सरकारमा जाने कुनै चाहना नभएको स्पष्ट पारे ।
माओवादीको कोशी प्रदेश समितिको बैठकमा माओवादी कोशी प्रदेशका सम्पूर्ण सदस्यहरु साथै केन्द्र र जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij