२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

आगलागी प्रभावित व्यवसायीलाई सिद्धार्थ उवा संघद्वारा राहत प्रदान

मंगलवार , श्रावण २२, २०८१

  • 973
    Shares
  • 973
    Shares
  • भैरहवा, २२ साउन ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आगलागीबाट क्षति भएका उद्योगी–व्यवसायीहरुलाई राहत प्रदान गरेको छ । संघले मंगलबार बराल जनरल स्टोर एण्ड सप्लायर्सका प्रोप्राइटर श्रवण कुमार उपाध्याय र सुरज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योगका प्रबन्ध निर्देशक आश्विनी कुमार जयसवाललाई राहत रकम हस्तान्तरण गरेको हो । संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले राहत हस्तान्तरण गरेका हुन् । 

    संघमा आबद्ध बराल जनरल स्टोर एण्ड सप्लायर्समा गत साउन ७ गते र सुरज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग गत असार ३१ गते विद्युत सर्ट सर्किट भइ आगलागी भएको थियो ।

    संघको राहत कोषबाट सहयोग रकम प्रदान गरिएको अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले विगतमा पनि आगलागीलगायत विभिन्न समस्यामा परेका संघमा आबद्ध फर्महरुलाई राहत रकम प्रदान गरिएको बताए । 

    उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष रोहित कुमार अग्रवाल, दिलिप कान्दु, गोविन्द ज्ञवाली, महासचिव कृष्ण प्रसाद घिमिरे, सचिव मंगल भण्डारी, सदस्यहरु कृष्ण प्रसाद अधिकारी, कैलाश गुप्तालगायतको उपस्थिति रहेको संघकी कार्यकारी सचिव कमला बस्नेतले बताइन् ।

    WhatsApp Image 2024-08-06 at 5.20.54 PM.jpeg