२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खिमलाल भट्टराई भन्छन् : गरीब देशमा मन्त्रीहरुको भीड नलगाऔं

मंगलवार , श्रावण २२, २०८१

भैरहवा, २२ साउन । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले गरीब देशमा मन्त्रीहरुको भीड नलगाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्बो मन्त्रिपरिषद् बनाएपछि यसको आलोचना भइरहेको छ । 

नेता भट्टराईले लेखेका छन्, ‘साथीहरु । प्रदेशहरुमा मन्त्रीहरुको लावालस्कर किन चाहियो ? मन्त्री हुनेलाई पनि गौरव हुन्छ र ? मलाई त होला जस्तो लाग्दैन । देशको, प्रदेशको आवश्यकताले मन्त्री बनाउने हो । भाग पुर्‍याउन होइन । जनतातिर फर्काैं । सानो मन्त्रीपरिषद् बनाऔं । जनताको काम गरौं । संघीयता टिक्छ । नभए जनता आफै उठेर मिल्काईदिन्छन् । मधेस प्रदेशमा २० जनाको मन्त्री परिषद् !!’

भट्टराई एमाले विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख तथा प्रतिनिधि सभा क्षेत्र नम्बर ३, रुपन्देहीको इञ्चार्ज समेत हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज ५ जना राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि १५ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । मुख्यमन्त्रीको कार्यालयबाहेक ११ मन्त्रालय रहेको मधेशमा ५ जना थपिँदा मधेश सरकारको मन्त्रिपरिषद् अहिलेसम्मकै ठूलो आकार २० सदस्यीय बनेको छ । यो अहिलेसम्मकै जम्बो हो ।