२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

स्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड निस्कने मेसिन हस्तान्तरण

बुधवार , श्रावण २३, २०८१

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २३ साउन ।
    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले क्याम्पसलाई सेनेटरी प्याड निस्कने मेसिन हस्तान्तरण गरेको छ । स्ववियुले बुधबार क्याम्पस प्रमुख अनिल कुमार झा र प्रशासन प्रमुख महेन्द्र पाण्डेलाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।

    क्याम्पसलाई हस्तान्तरण गरेपछि अब क्यााम्पस प्रशासनले उपयुक्त स्थानमा उक्त मेसिन जडान गर्ने स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए । ‘क्याम्पसमा अध्ययनरत छात्राहरूको सुविधाका लागि मेसिन खरीद गरेर हस्तान्तरण गरिएको हो, ’उनले भने । मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको बेलामा क्याम्पस नआउने समस्या अन्त्य हुने न्यौपानेले विश्वास व्यक्त गरे ।

    WhatsApp Image 2024-08-07 at 10.43.03 AM.jpeg

    मेसिन हस्तान्तरण कार्यक्रममा स्ववियु अध्यक्ष सागर न्यौपाने, उपाध्यक्ष सुनिल खनाल, कोषाध्यक्ष मनोज पन्थ, सह–सचिव गौरव पोखरेल, सदस्यहरु स्वेता कुमारी हरिजन, इरफान अली, युवराज त्रिपाठी, प्रेम यादव लगायतको उपस्थिति रहेको थियो ।