२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

जीआर क्रिकेट क्लब टिमको जर्सी अनावरण

मंगलवार , फाल्गुण १८, २०७७

  • 8.4K
    Shares
  • 8.4K
    Shares
  • भैरहवा, १८ फागुन ।
    भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७७ मा सहभागि जीआर क्रिकेट क्लब टिमको जर्सी अनावरण कार्यक्रम सम्पन्न भएको छ । उक्त टिमको जर्सी प्रायोजन बुटवलको मिलनचोकमा अवस्थित एडीआई ग्लोबल एजुकेशनले गरेको छ । 

    कार्यक्रममा अन्तर्गत एडीआइ ग्लोबल एजुकेशनको सम्पूर्ण टिमले उक्त जर्सी क्लबका कप्तान धिरज शाहीलाई हस्तान्तरण गरेको थियो भने उक्त क्लबका प्रशिक्षक, पूर्व जिल्ला रुपन्देही सचिव र हाल नगर खेलकुद विकास समिति सदस्य गंगा राम सुनारले इडाआई ग्लोबल एजुकेशनको सम्पूर्ण टिमलाई जर्सी हस्तान्तरण गरेका थिए ।  

    कार्यक्रममा बोल्दै इडाआई ग्लोबल एजुकेशनका कन्ट्री डाइरेक्टर सुरज पुरीले क्रिकेट खेल आफुले सधै मन पराएको र एसको विकासमा इडाआई ग्लोबल एजुकेशन सधै लागि राख्ने जानकारी दिए । 

    त्यसै संस्थाका लागि मार्केटिंग हेड कमल ज्ञवालीले जीआर क्रिकेट क्लबको साथ आगामी दिनमा पनि विभिन्न कार्यक्रममा पनि रहने भन्ने प्रतिवद्धता जनाए  । कार्यक्रममा बोल्दै इडाआई ग्लोबल एजुकेशनका बुटवल शाखा निर्देशक टंक पन्थीले संस्थाले दिने सेवा सुविधाबारे जानकारी गराएका थिए ,।

    त्यस्तै जीआर क्रिकेट क्लबका प्रशिक्षक गंगाराम सुनारले जीआर क्रिकेट क्लबको आगामी आउने कार्यक्रमको जानकारी दिदै इडाआई ग्लोबल एजुकेशनलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।