
बुधवार , श्रावण २३, २०८१
काठमाडौं, २३ साउन ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । बुधबार रसुवाको स्याफ्रुबेसी उडेको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका अनुसार शिवपुरी–७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।
एसपी कोइरालाले अहिले सुरक्षाकर्मीको ठूलो टोली उक्त स्थानमा पुगेर उद्धारको काम भइरहेको जानकारी दिए । हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको उनले बताए । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij