२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : पाँचजनाको शव फेला

बुधवार , श्रावण २३, २०८१

काठमाडौं, २३ साउन ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो । काठमाडौंबाट १ः५४ बजे उडेको हेलिकप्टर ३ मिनेटपछि नै सम्पर्कविहीन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनास्थलमा पाँचजनाको शव फेला परेको जनाएको छ । हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री बद्री पाण्डे घटनास्थलतर्फ प्रस्थान गरेका छन् । मन्त्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।