
बुधवार , श्रावण २३, २०८१
भैरहवा, २३ साउन । अर्थोपेडिक सर्जन प्रा.डा. जावेद खानले रुपन्देहीको भैरहवास्थित लुम्बिनी गेट नजिकै रहेको लुम्बिनी कोहीनुर पोलिक्लिनक प्रा.लि. बाट सेवा सुरु गरेका छन् ।
विगत ३ वर्षदेखि भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा कार्यरत प्रा.डा. खानले उक्त अस्पताल छाडेर लुम्बिनी कोहीनुर पोलिक्लिनकमा उपचार सेवा सुरु गरेको बताएका छन् ।
२००३ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कार्य सुरु गरेका डा. खानले युनिभर्सल मेडिकल कलेज भैरहवा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, ग्राण्डी ईन्टरनेशनल हस्पिटल र सिद्धार्थनगर सिटी हस्पिटलमा काम गरेका थिए ।
एम.बी.बी.एस, अर्थो र ट्रमा सर्जरीमा एम.एस तथा स्पाईल सर्जन फेलोसिप प्राप्त डाक्टर खानले अर्थो तथा स्पाईनल सर्जन सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया (अपरेशन) गर्दै आएका छन् ।
उनले जनशक्ति र उपकरणको उपलब्धता भए हाडजोर्नी तथा नशा सम्बन्धी उपचार तथा अपरेशनका लागि काठमाडौं तथा देशबाहिर जान नपर्ने दावी गरे । बिहान १० बजेदेखि २ बजेसम्म भैरहवामा बिरामीको उपचार (ओपिडी सेवा) गर्दै आएका डा. खानले अपरेशन गर्नुपर्ने बिरामीहरुलाई तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा अपरेशन गर्दै आएको जानकारी दिए ।
लुम्बिनी कोहीनुर पोलिक्लिनकका सञ्चालक डा. सबनम खानले बिरामीहरुको सहजताका लागि सेवाहरु थप गर्दै जाने उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij