२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

झरना स्पोर्ट्स क्लबको अध्यक्षमा धनेन्द्र पौडेल

बुधवार , श्रावण २३, २०८१

तिलोत्तमा, २३ साउन । 
झरना स्पोर्ट्स क्लबको ३१ औं अधिवेशनबाट धनेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिलाई बुधबार एक कार्यक्रमकाबीच पुरानो कार्यसमितिले पद हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष  गणेश  पाठकले ऐतिहासिक र गरिमा बोकेको झरना स्पोर्ट्स क्लबले प्रत्येक वर्ष गराउने फुटबल प्रतियोगिताले सिंगो तिलोत्तमालाई नै देशभर चिनाएकाले उक्त खेललाई थप विस्तारित गर्दै लैजान सुझाव दिए । 

उनले क्लबले खेल मात्र नभइ सामाजिक काममा समेत तदारुकता देखाउने र कुन्जालापुर गाउँलाई नै परिचित गराएकाले यो साख जोगाइराख्न जरुरी रहेको बताए । खेल खेलाउन र क्लबलाई अगाडि  बढाउन आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष धनेन्द्र पौडेलले आफूलाई विश्वास गरी दिइएको जिम्मेवारी भरपुर निर्वाह गर्ने जनाए । 

क्लबको उपाध्यक्षमा नगेन्द्र छन्तेल, सचिवमा मोहन सिंह राना, सह–सचिवमा गोपाल गलामी, कोषाध्यक्षमा निर्मल थापा र सह–कोषाध्यक्षमा किशोर पौडेल चयन भएका छन । त्यस्तै सदस्यहरुमा ज्ञान बहादुर भण्डारी, ठाकुर अधिकारी, नन्दलाल चौधरी, सुदर्शन गुरुङ, कमल थापा, नितु थापा र सरिता थापा रहेको निर्वाचन समिति संयोजक छत्र बहादुर दर्लामी मगरले जानकारी दिए ।

त्यसै गरी नयाँ कार्यसमितिले मनोनयन गरेको अन्य सदस्यसहित हालको कार्यसमितिमा २३ सदस्य रहेका छन् । क्लबको संरक्षकमा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन रहेका छन ।