बिहिवार , श्रावण २४, २०८१
तिलोत्तमा, २४ साउन ।
सेवा नेपाल समाज तिलोत्तमा–८ को आयोजना, कटानी टोल विकास संस्थाको सह–आयोजना तथा नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ स्थित कटानी टोल विकास संस्थाको उक्त शिविर भएको हो ।
सेवा नेपाल समाजका अध्यक्ष डिल्लीराज पैनीको अध्यक्षता, तिलोत्तमा–११ का अध्यक्ष विष्णु बहादुर बराल क्षेत्रीको प्रमुख आतिथ्यता, सेवा नेपालका उपाध्यक्ष रामाकान्त भुसालको स्वागत तथा सचिव प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सेवा नेपाल समाजका सदस्य कृष्ण तिवारी, प्राईम बंैक लिमिटेड शिवपुर शाखाका प्रमुख खिमानन्द पौडेल, भुल्के खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष धननाथ पौडेल, कटानी टोल विकास संस्थाका अध्यक्ष सुर्य बहादुर थापाले मन्तव्य राखेका थिए ।
बुटवल लायन्स आँखा अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ मनोहर न्यौपानेसहितको प्राविधिक टोलीले आँखाका बिरामीहरुको दृष्टि गरेको सेवा नेपाल समाजका सचिव प्रतीक पाण्डेयले जानकारी दिए ।
शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएकोमा ५० जनाको मोतियाबिन्दुको शल्यक्रिया (अपरेशन) को लागि बुटवल लायन्स आँखा अस्पताल बुटवल रिफर गरिएको सेवा नेपाल समाजका सदस्य कृष्ण प्रसाद तिवारीले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij