२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेशलाई पार्टी नेतृत्वबाट कुनै हस्तक्षेप छैन : कांग्रेस

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं, २४ साउन ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बिभिन्न ११ वटा एजेण्डमाथि बिहीबार पनि छलफल भएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा उक्त एजेण्डामाथि आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यसलगतै केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको उनले जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकमा निरन्तर छलफल गरेर आगामी २८ गतेसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको प्रवक्ता महतले बताए । उनले प्रदेशलाई पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगरेको बताए ।

बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताब, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्था लगाएतका एजेण्डामाथि छलफल भइरहेको छ ।