२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एकदिने कार्यशाला गर्दै

शुक्रवार , श्रावण २५, २०८१

भैरहवा, २५ साउन । 
नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशले एकदिने कार्यशालाको आयोजना गर्ने भएको छ । साउन २६ गते शनिबार (भोली) रुपन्देहीको भैरहवामा औषधि उद्योगमा कार्यरत फर्मासिस्ट र सहायक फर्मासिस्टहरुको लागि एकदिने कार्यशालाको आयोजना गरिएको नेपाल फर्मास्यूटिकल एसोसिएशन लुम्बिनी प्रदेशका अध्यक्ष भोज राज बस्यालले बताए । भैरहवास्थित होटल मौर्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको बस्यालले जानकारी दिए ।

‘फार्मास्युटिकल्समा वर्तमान राम्रो विनिर्माण अभ्यासको उदीयमान अवधारणा र व्यवहारिक दृष्टिकोण’ विषयमा सहभागीहरुलाई प्रष्ट पारिने एसोसिएशनको लुम्बिनी प्रदेश सचिव सचिन अर्यालले बताए । 

त्यस्तै कार्यशालामा बहुराष्ट्रिय औषधि उद्योगमा प्रख्यात र उच्च अनुभवी वरिष्ठ फर्मासिस्ट सुरज बहादुर थापा तथा नेपाली औषधि क्षेत्रमा लामो अनुभव भएका वरिष्ठ फर्मासिस्ट सभ्यता खनाल र अच्युत विक्रम थापाले प्रशिक्षण दिने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

कार्यशालाले औषधि प्रक्रियाहरूसँग सम्बन्धित जोखिमहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न, मूल्यांकन गर्न र न्यूनीकरण गर्न पनि सहयोगी हुनेछ, जसले गर्दा नियामक मापदण्डहरूको पालना सुनिश्चित गर्न र समग्र गुणस्तर आश्वासनमा वृद्धि गर्ने अर्यालले बताए । 

लुम्बिनी प्रदेशमै पहिलोपटक उद्योगमा कार्यगत फर्मासिस्टहरू तथा सहायक फर्मासिस्टहरूलाई लक्षित गरि यो कार्यक्रम आयोजना गर्न लागिएको र भविष्यमा पनि अन्य क्षेत्रमा कार्यगत फर्मासिस्टहरूको लागि पनि क्षमता अभिवृद्धि कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।