
शनिवार , श्रावण २६, २०८१
भैरहवा, २६ साउन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको १३४० औं नियमित बैठक शुक्रबार भैरहवामा सम्पन्न भएको छ । बैठकमा क्लबका सदस्यहरुलाई अभिमुखीकरण तथा रोटरी शिक्षा प्रदान गरिएको छ । बैठकमा मेम्बरसीप ओरेन्टेशन एण्ड रोटरी लर्निङ्ग भएको क्लबका वर्ष २०२४/०२५ का अध्यक्ष ओम जैसीले बताए ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दै रोटरी इन्टरनेशनल ३२९२ का सर्भिस चेयर तथा पाष्ट डीआरएफसी राजेन्द्र लम्सालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर लामो इतिहास बोकेको क्लब भएको बताए । उनले रोटरी विश्वको पुरानो सामाजिक संस्था भएको बताए । उनले भने, ‘रोटरी एक संगठन हो र हाम्रो उत्पादन सेवा हो । जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ ।’
कार्यक्रम संयोजक तथा रोटरी लुम्बिनी सिद्धार्थनगरका मेम्बरसीप चेयर मोहन सिंह गुरुङले सम्पूर्ण सदस्य संस्थाको मेरुदण्ड रहेको बताए । उनले क्लबले आफ्नो सदस्यहरुको हेरचाह गर्नुपर्नेमा जोड दिए ।
क्लबका नयाँ सदस्य कृष्ण प्रसाद घिमिरेले रोटरी क्लबमा आउन पाउँदा गर्वको अनुभुति भएको बताए । उनले भने, ‘कुनै पनि संस्थामा जाँदै हुनुहुन्छ भने त्यो संस्थाबारे अध्ययन गर्नुभयो भने काम गर्न अझ सहज हुन्छ ।’
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका लर्निङ्ग फ्यासलिटेटर ईश्वर भट्टराईको धन्यवाद ज्ञापन तथा क्लबको निर्देशक (डाईरेक्टर) सरिता रानाको सञ्चालनमा बैठक सम्पन्न भएको थियो । कार्यक्रममा मासिक ई–बुलेटिन समेत अनावरण गरिएको क्लबका एडिटर सुरेन्द्र बस्यालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij