
शनिवार , श्रावण २६, २०८१
भैरहवा, २६ साउन ।
नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाले रक्तदान कार्यक्रम गरेको छ । उपशाखाले शनिबार भैरहवास्थित बुद्धचोकमा उक्त कार्यक्रम गरेको हो । ‘रक्तदान, जीवनदान’ भन्ने नाराका साथ भएको कार्यक्रममा ३३ जना यूनिट रगत संकलन भएको रेडक्रस सिद्धार्थ उपशाखाका सचिव राम प्रसाद सापकोटाले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा र एक वर्षमा ४ पटक रक्तदान गर्न सक्ने बताए । उनले रगतले बिरामीको ज्यान बचाउने भएकाले रक्तदानको निकै नै महत्व रहेकोमा जोड दिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–८ का वडा सदस्य हरि प्रसाद आचार्य, रेडक्रस रुपन्देही शाखा उपसभापति रुपमा हिराचन, सिद्धार्थ उपशाखाका निवर्तमान अध्यक्ष बसन्त कुमार लाल कर्ण, बेलहिया उपशाखाका सभापति राकेश गुरुङलगायतले भनाइ राखेका थिए ।
रेडक्रस सिद्धार्थ उपशाखाका सभापति राजेश जि.सी.को अध्यक्षता, कार्यक्रम संयोजक एवं उपशाखाका कार्यसमिति सदस्य मनोज अग्रवालको स्वागत, कार्यसमिति सदस्य पदमा श्रेष्ठको आस्था पाठ तथा सचिव राम प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij