२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न विदेश जान थाले : मन्त्री भट्टराई

शनिवार , श्रावण २६, २०८१

  • 724
    Shares
  • 724
    Shares
  • काठमाडौं, २६ साउन ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीको अवसर प्राप्त नभएकाले युवाहरु पढ्नका लागि देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका छन् ।

    शनिबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको पाँचौं साधारण सभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरु पठ्नका लागि बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालय मात्रै नभइ ज्ञानपछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देशबाहिर जाने परिस्थीति सिर्जना भएको बताइन् ।

    उनले राजनीतिक अस्थिरताका कारण देशमा केही हँुदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरु बाहिरिरहेको जिकिर गरिन् । मन्त्री भट्टराईले शिक्षालाई मजबुज बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणीत गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखिन् । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरु दुर्वल हँुदै गएको उनको भनाइ छ । उनले विद्यालय शिक्षा ऐन बनाइरहँदा शैक्षिक पाठ्यक्रम लगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको बताए ।

    कार्यक्रमका विभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।