
शनिवार , श्रावण २६, २०८१
बुटवल, २६ साउन ।
लुम्बिनी प्रदेशका शैक्षिक परामर्शदाताहरुका भेलाले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) लुम्बिनी प्रदेश गठन गरेको छ । शनिबार रुपन्देहीमा सम्पन्न प्रथम लुम्बिनी प्रदेश भेलाबाट गणेश गौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति गठन भएको हो । जसको उपाध्यक्षमा सुशील पाण्डे, सचिवमा नारायण पोख्रेल, सह–सचिवमा आशिका पोख्रेल र कोषाध्यक्षमा सन्तोष पाण्डे रहेका छन् ।
त्यस्तै सदस्यहरुमा आयुष सापकोटा, धिरज ज्ञवाली, दुर्गा प्रसाद पन्थी, बिवकास पन्थी, अनिष क्रिम सेञ्चुरी, माधव बञ्जाडे, सुनिल चौधरी र योगेश ढकाल रहेका छन ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौडेलले परामर्शदाताहरुलाई एकताबद्घ गर्दै संस्थागत रुपमा व्यवस्थित गर्दै अघि बढ्ने प्रतिवद्घता जनाए । केही परामर्शदाताका कारण समग्र पेशा व्यवसायमा आएको चुनौतीलाई चिर्ने गरी काम गर्ने उनले बताए ।
कार्यक्रमको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको उप-सचिव दिवाकर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै संस्थागत एकता र अधिकारी प्राप्तीमा लाग्न सुझाव दिए ।
कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष सुर्य पोखरेलले विशुद्घ परामर्शदाताहरुको हकहितमा काम गर्ने संस्थाको रुपमा पहिचान बनाएको दावी गरे । सदस्यहरुलाई नियमित तालिम र अभिमुखीकरणलाई जोड दिदै सही परामर्श दिन प्रोत्साहन गर्दै आएको उनले बताए । संस्था विगतबाट नै सरकार र सरोकारवाला निकायसँग सहकार्य गर्ने हुदा पनि सधै विश्वसनीय काम गर्ने उनले बताए ।
कार्यक्रममा नेका केन्द्रिय अध्यक्ष सन्तोष प्याकुरेल, केन्द्रिय महासचिव दीपक कोइराला, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत विष्णु प्रसाद भुषाल, पूर्व क्रिकेटर शक्ति गौचन, नारायण पौडेल, विकास भण्डारी, नारायण पोखरेल लगायतले राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij