२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरका तीन स्रष्टा सम्मानित

आइतवार , श्रावण २७, २०८१

भैरहवा, २७ साउन ।
रुपन्देहीको भैरहवामा ३० औं विश्व आदिवासी दिवस मनाइएको छ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सिद्धार्थनगर, रुपन्देहीले तीनजना स्रष्टाहरुलाई सम्मान गरेको छ । 

भैरहवामा आयोजित कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्याएको भन्दै साहित्यकार विजय गोविन्द श्रेष्ठ, राम बहादुर श्रेष्ठ र उमेश थापा लाटोमगरलाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानपत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाले नेपालमा भएका विभिन्न परिवर्तनमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानमा उल्लेख भएका आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सिद्धार्थनगरका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष सुकमाया गुरुङको स्वागत तथा उपाध्यक्ष प्रेमबहादुर गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।