२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देश निर्माणमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ : उपप्रधानमन्त्री सिंह

आइतवार , श्रावण २७, २०८१

काठमाडौं, २७ साउन ।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश निर्माणमा युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सिंहले आफ्नो अधिकार स्थापित गर्नका लागि लड्दै युवाहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् । समाज परिवर्तनका लागि युवाहरुको भूमिका पनि महत्वपूर्ण हुने उनले बताए ।

उनले युवाहरुमा बेरोजगारीको समस्याको मुद्दा देखिएको र दैनिक हजारौं युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य हुँदै जाने विश्वास व्यक्त गरे । सिंहले केही वर्षअघिको तुलनामा अहिले स्थानीय तहमा नै विकास र परिवर्तन भएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले सूचना प्रविधिको सही प्रयोग गर्दै त्यसबाट युवाहरुले फाइदा लिन सक्नुपर्ने धारणा राखे ।