२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

आइतवार , श्रावण २७, २०८१

काठमाडौं,२७ साउन ।भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन ।

दुई दिने नेपाल भ्रमणको क्रममा आईतवार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरेका छन । सो भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो ।परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणमा काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

त्यस्तै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव भएपछि मिश्रीको यो पहिलो नेपाल भ्रमण हो । आज साँझ परराष्ट्रसचिव लम्सालले समकक्षी मिश्रीलाई रात्रीभोज दिने कार्यक्रम पनि छ । सोमवार बिहान परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग भेट गरी सोमवार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।