२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमालेसँगको गठबन्धनले पार्न सक्ने प्रभावका बारेमा सजक हुनुपर्छ : शेखर कोइराला

आइतवार , श्रावण २७, २०८१

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एमालेसँगको गठबन्धनले आगामी दिनमा पार्न सक्ने प्रभावका बारेमा सजक हुनुपर्ने बताएका छन् । 

आइतबार काठमाडौंमा प्राडा कुलप्रसाद कोइरालाद्वारा लिखित आफ्नो बाटो आफ्नै पाइला र एक्काको जोडा एक्का नामक पुस्तक लोकार्पण गर्दै कोइरालाले राजनीतिक स्थीरताका लागि भन्दै अहिले ठूला दुइ दल एक भएपनि यसले आगामी दिनमा पार्न सक्ने प्रभावका बारेमा सजक हुनुपर्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेसले सहि बाटो लिएर काम गरेको छ कि छैन भनेर कांग्रेसमात्रै नभइ सवै लोकतन्त्रवादीहरुलाई चिन्तित तुल्याएको उल्लेख गरे ।

सरकारमा गएका मन्त्रीहरुले विश्वास जित्नेगरी काम नगरे पार्टीमा ठूलो असर पर्ने भएकाले कांग्रेसबाट गएकालाई व्यक्तिगत स्वार्थकेन्द्रीत नभइ देश र जनताकालागि काम गर्न आफुले भनेको उनले बताए ।

कोइरालाले अहिलेको निर्वाचन प्रणालीका कारण कसैलाई बहुमत आउन नसक्ने अवस्था देखिएका संविधान संशोधनको आवश्यता देखिएको धारणा राखे । उनले जनताको संविधान भएकाले सवै दलहरुलाई विश्वास लिएर मात्रै संविधानमा सुधार गर्नुपर्ने बताए । 

उनले निर्वाचन प्रणालीमा सवै जातजातीहरुलाई समावेश गरि बहुमत आउने गरि उचित संशोधन गर्नुपर्नेमा जोड दिए ।