२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

सोमवार , श्रावण २८, २०८१

काठमाडौं, २८ साउन ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेश कुमार घिमिरे र महालेखा नियन्त्रक विनोद प्रकाश सिंहबीच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको हो ।

कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु, लक्ष्यहरु र समयसीमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिंगो टीमलाई परिचालन गरेर सचिवहरु र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने विश्वास व्यक्त गरे ।

अर्थसचिव डा.घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित क्रियाकलापहरु कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।