२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हेभेन्ली गार्डेन मम्मी डान्स-३ को उपाधि मिनाक्क्षीलाई

सोमवार , श्रावण २८, २०८१

भैरहवा, २८ साउन । हेभेन्ली गार्डेन मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि रुपन्देहीकी मिनाक्क्षी शर्माले हात पारेकी छन् । हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि. भैरहवाले आमाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको मम्मी डान्स आइडल सिजन थ्रि को उपाधी मिनाक्क्षीले हात पारेकी हुन् । 

फाइनलमा सहभागी १८ प्रतियोगीमध्ये १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उनले उपाधि हात पार्दै प्रथम भएको प्रतियोगिताको निर्णायक तथा पूर्व मिस नेपाल सुगारिका केसीले जानकारी दिइन् । 
मम्मी आईडलको उपाधि जितेकी मिनाक्क्षीलाई रु. २० हजार नगद, प्रमाणपत्र र वाटर डिस्पेंसरसहित थुप्रै गिफ्ट ह्याम्पर प्रदान गरिएको  थियो ।

भैरहवाकी आभा मल्ल उपविजेता बनेकी छन् । उनले रु. १५ हजार नगदसहित प्रमाणपत्र र गिफ्टह्याम्पर प्राप्त गरेकी छन् । 

प्रतियोगितामा बुटवलकी दुर्गा राना तेस्रो बनेकी छन् । उनले १० हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । 

दर्शकको राजाईमा भने तिलोत्तमास्थित मंगलापुर सेमराकी रेनु गुरुङ परेकी छन् । पब्लिक च्वाईसमा परेकी उनलाई रु. ५ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको विद्यालयकी प्राचार्य एवं आयोजक कमिटी अध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन् । 

प्रतियोगिताको निर्णायकमा भारतको सिल्लिगुडीकी वरिष्ठ नृत्याङगना पन्नु गजमेर, पूर्व मिसनेपाल सुगारिका केसी र कोरियोग्राफर मुकेश गुरुङ रहेका थिए । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन दुर्गा गुरुङले गरेकी थिइन् । प्रतियोगिताको फाइनलमा रुपन्देही, कपिलवस्तु, चितवन र भारतबाट समेत प्रतियोगी आमाहरुले प्रतिष्पर्धा गरेका थिए ।

विजेताहरुलाई निर्णायक मण्डलका सदस्य तथा हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि. भैरहवाका प्राचार्य रचना क्षेत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।