२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोट्रयाक्ट भैरहवा चौतारीको अध्यक्षमा आकाश पौडेल

सोमवार , श्रावण २८, २०८१

भैरहवा, २८ साउन ।
रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको तेस्रो पदस्थापन तथा पद हस्तान्तरण समारोह भैरहवामा सम्पन्न भएको छ । समारोहमा वर्ष २०२४/०२५ का लागि अध्यक्षमा निर्वाचित आकाश पौडेलसहित नयाँ कार्यसमितिलाई पदस्थापन गराइएको थियो । पौडेल लामो समयदेखि विभिन्न संघ–संस्थामा रहेर सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

क्लबको उपाध्यक्षहरुमा अर्जुन प्रधान, रेश्मीराज पंगेनी, आशिष पन्थी, सचिवमा निर्भिक ढुंगाना, कोषाध्यक्षमा अंकित कान्दु र सह–सचिवमा सचिन गुरुङ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विज्रेश बनिया, ईश्वर हिताङ, राज बर्नवाल, शुभम बानिया, सोनु साह, रोशनलाल गुप्ता र शंकर बश्याल चयन भएका छन् । नयाँ निर्वाचित कार्यसमितिको भैरहवामा एक कार्यक्रमबीच पदस्थापन पनि भएको छ ।

अध्यक्षको जिम्मेवारी सम्हालेपछि पौडेलले सबैको साथ र सहयोगले रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीलाई अझ उचाईमा लैजाने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीले समाजका लागि महत्वपूर्ण कार्य गरेको बताए । उनले सिद्धार्थनगर नगरपालिकालाई मुलुककै उत्कृष्ट नगरपालिका बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले पछिल्लो समय विदेशिने युवाहरुको संख्या बढ्दै गएकोले उनीहरुलाई स्वदेशमै रोक्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै विशिष्ट अतिथि डीआरआर विक्रम क्षेत्री, रोट्रयाक्ट क्लब अफ बुटवल चौतारीका अध्यक्ष गोविन्द पाण्डे, अंकित पौडेल, रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीका निवर्तमान अध्यक्ष शंकर बस्याल लगायतले बोलेका थिए ।