२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

साई ग्लोबलमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

सोमवार , श्रावण २८, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, २८ साउन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ बसडिलवास्थित साई ग्लोबल एकेडेमी साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेजले कक्षा १२ को वार्षिक परीक्षामा विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । एकेडेमीले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा उत्तीर्ण विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सम्मान गरेको प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले बताए ।

    बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि साई ग्लोबल एकेडेमीका अध्यक्ष हरि बहादुर थापाले एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए ।

    विशिष्ट अतिथि एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले साई ग्लोबल शैक्षिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा स्थापित भएको बताए ।

    कार्यक्रममा सीता भट्टराई, अनिता अमात्य, प्रकाश पाण्डे, शैलेन्द्र त्रिपाठी र लक्ष्मण ज्ञवालीले बोलेका थिए ।

    विद्यालयका प्राचार्य डा. कौशलराज गौतमको अध्यक्षता तथा कृष्ण प्रसाद बस्यालको सञ्चालनमा भएको कार्यक्रममा बिहानी समूहका संयोजक प्रकाश पाण्डे, दिवा समूहका संयोजक दीपक लामिछाने, विज्ञान संयोजक शैलेन्द्र त्रिपाठी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।