२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

भारतीय सहयोगमा निर्माण भइरहेका आयोजनाको कार्यान्वयनमा समस्या देखिए समाधान गर्नेछौ : भारतीय सचिव मिस्री

सोमवार , श्रावण २८, २०८१

  • 430
    Shares
  • 430
    Shares
  • काठमाडौं, २८ साउन ।नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रतिवद्धताभारतीय सहयोगमा निर्माण भइरहेका आयोजनाको कार्यान्वयनमा समस्या देखिए समाधान गर्ने  जनाएका छन। 

    सोमबार सिंहदरबारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंगको शिष्टाचार भेटवार्ताका क्रममा सचिव मिस्रीले भारतीय सहयोगमा निर्माण भइरहेका आयोजनाको कार्यान्वयनका बिषयमा छलफल गर्दै केहि समस्या भए दुवै पक्ष मिलेर समाधान गर्ने बताए । भविष्यमा हुन सक्ने बिकास सहायतामा पनि भारतको सहयोग आवश्यक रहेकोमा पौडेलले जोड दिएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी 

    त्यस्तै सोमबार नै भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासंग शिष्टाचार भेटवार्ता गरेका छन । सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।