
सोमवार , श्रावण २८, २०८१
बुटवल, २८ साउन
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लियो क्लब अफ बुटवलले सरसफाई गरेको छ । क्लबले ‘वातावरणमा युवाको भूमिका’ भन्ने नाराकासाथ सोमबार पाल्पाको नुवाकोटस्थित भ्यू पोइन्टमा सरसफाई गरेको संस्थाका अध्यक्ष प्रतिक खनालले जानकारी दिए ।
उनले क्लबले जहिले पनि समाजका लागि काम गरिरहेको भन्दै सरसफाई पनि अत्यन्त महत्वपूर्ण पक्ष भएकाले दिवसको अवसरमा सरसफाई गरेको बताए ।
‘पछिल्लो समयमा वातावरणमा धेरै प्रदुषित भइरहेको छ । त्यसलाई रोक्न नसके पनि कम गर्न सकिन्छ भन्ने मान्यता अनुसार कार्यक्रम गरिएको हो, ’संस्थाका सचिव पंकज शर्मा गौतमले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij