
मंगलवार , श्रावण २९, २०८१
काठमाडौं, २९ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्यांककन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताए ।
उनले छिटै पार्टीका तर्फबाट सरकारको कामकारवाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुइमत नरहेको बताए ।
त्यस्तै उनले भ्रष्टाचार कसुरका लागि पाँचवर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij