
मंगलवार , श्रावण २९, २०८१
भैरहवा, २९ साउन ।
गृह लक्ष्मी समूह सिद्धार्थनगर नगरपालिका–१ बेलहिया, रुपन्देहीले एकदिने निःशुल्क मधुमेह परीक्षण कार्यक्रम गरेको हो । समूहले सोमबार सिद्धार्थनगर–१ बेलहियास्थित कोटहीमाई मन्दिर परिसरमा कार्यक्रम गरेको अध्यक्ष मन्जु रेग्मी शर्माले बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले गृह लक्ष्मी समूहले रचनात्मक कार्य गर्दै आएको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर बिष्ट, श्री बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने लगायतले बोलेका थिए ।
माधव शर्माको सञ्चालनमा भएको कार्यक्रममा बेलहिया गाउँ समाजका अध्यक्ष सुमित प्रधान, समाजसेवी सुमन शर्मा, राकेश गुरुङ, मिन बहादुर गुरुङ, राम बहादुर बस्नेत, पशुपति कान्दु, श्रीचन्द गुप्ता लगायतको आतिथ्यता रहेको थियो ।
ए वन हेल्थ नेपालको सहयोगमा भएको कार्यक्रममा १३० जनाको मधुमेह (सुगर) परीक्षण गरिएको कार्यक्रम संयोजक सारिका शर्माले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij