
बुधवार , श्रावण ३०, २०८१
काठमाडाैं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतीमा मात्रै संविधान संशोधन गरिने बताएका छन् ।
सबै दलले कठिन संघर्ष गरेर संविधान निर्माण गरेकाले त्यसको कार्यान्वयन र परिमार्जन पनि उनीहरुबीचकै सहमतीमा मात्रै हुने प्रधानमन्त्री ओलीको तर्क थियो । बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउने उद्देश्यका साथ संविधान संशोधन हुने स्पष्ट पारे ।
संविधानलाई सर्वस्वीकार्यता बनाउने प्रयास अन्तर्गत संविधान संशोधन गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले संघीयता, गणतन्त्र र समावेशिता मास्ने गरी संविधान संशोधन गर्न नसकिने मान्यतामा आफूहरु अडिग रहेको दोहोर्याए । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसहित जनस्तरमा, संविधानविद्हरुका बीचमा व्यापक छलफल गरेर मात्रै संविधान संशोधनको विषय अघि बढने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij