२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : अध्यक्ष नेपाल

बुधवार , श्रावण ३०, २०८१

काठमाडाैं, ३० साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका हुन् । उनले संविधान संशोधनमार्फत देशमा दुई दलिय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलिय शासनको कुराले देशलाई नोक्शान पुर्‍याउने बताए । दुई दलिय शासन व्यवस्था कसैले नसहने उनको भनाई छ । उनले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताए । उनले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे ।

अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको चर्चा समेत गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह गरे ।