२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

केशव धाम लोकार्पण

बुधवार , फाल्गुण १९, २०७७

भैरहवा, १९ फागुन ।
हिन्दु स्वयंसेवक संघ नेपाल लुम्बिनी सम्भागको भवन (केशव धाम) लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । भवनको प्रमुख अतिथि राष्ट्रिय स्वयंसेवक संघ (भारत) का सह– सरकार्यवाह सुरेश सोनी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले लोकार्पण गरेका हुन् ।

IMG-20210228-WA0001.jpgसिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ मा अवस्थित भवनबाट समाजका लागि विशिष्ट सेवा दिने उद्देश्यले ४ वटा प्रकल्प पनि स्थापना गरिएको रविकान्त उपाध्यायले बताए । उपाध्यायका अनुसार भवनमा धार्मिक साहित्य केन्द्र एवं पुस्तकालय, व्यक्तित्व विकास केन्द्र, रक्तदाता समूह र विद्यार्थी छात्रावास स्थापना गरिएको छ ।