२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय प्रजातान्त्रिक निर्माण व्यवसायी संगठनको उपाध्यक्षमा शर्मा

बिहिवार , श्रावण ३१, २०८१

भैरहवा, ३१ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक निर्माण व्यवसायी संगठनको केन्द्रीय उपाध्यक्षमा बलराम शर्मा मनोनित भएका छन् । उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संगठनको उपाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।

राप्रपा रुपन्देहीका जिल्ला सचिव समेत रहेका शर्माले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । उनले भने, ‘मलाई केन्द्रीय उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने अध्यक्ष राजेन्द्र लिङ्देनज्यूप्रति आभार प्रकट गर्दछु । संगठनको विधानमा रहेर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

भैरहवा निवासी शर्मा लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका पूर्वअध्यक्ष समेत हुन् ।