२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा ठाकुर गैरे निर्विरोध

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं, ३१ साउन ।
संघीय संसदका दुई समितिका सभापतिहरु चयन गरिएको छ । संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन् । संसदीय सुनुवाई समितिको सभापतिमा इश्वरीदेवी न्यौपाने निर्वाचित भएका छन् भने राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिमा ठाकुर गैरे निर्वाचित भएका छन् ।

निर्वाचित सभापतिहरुलाई सभापति देवराज घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सपथपछि संसदीय सुनुवाई समितिका सभापति न्यौपानेले समितिमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी र निष्पक्ष बनाउने बताए ।

त्यस्तै राज्यका निर्देशक सिद्धान्त समितिका सभापति गैरेले राज्यका नीतिहरु र दायित्वहरुलाई जनअपेक्षा अनुसार कार्यान्वयन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने बताए ।

त्यसअघि बसेको दुवै समितिको बैठकमा समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।