२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

रुपन्देहीमा १५ हजार घुससहित पक्राउ परे प्रहरी हवल्दार

बिहिवार , श्रावण ३१, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ३१ साउन । 
    प्रहरी हवल्दार डुक बहादुर खड्का घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भइ अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत खड्का घुस रकमसहित पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खड्काले भारतबाट रुपन्देहीको भगवानपुर नाका हुँदै भन्सार छली अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन प्राप्त भएको थियो ।

    सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा रोहिणी गाउँपालिका–३ स्थित सेमरहवा चोकबाट बिहीबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।