
बुधवार , फाल्गुण १९, २०७७
भैरहवा, १९ फागुन ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस रुपन्देहीको भैरहवामा साप्ताहिक रुपमा मनाइने भएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने नारासहित यो दिवस मनाइँदैछ ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा मंगलबार बसेको सरोकारवालाहरुको बैठकमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको हो ।
फागुन १९ गते सिद्धार्थ नगरनगरपालिका वडा नम्बर १० र २० गते वडा नम्बर ११ मा मानव बेचविखन तथा घरेलु हिंसाको जोखिममा रहेका किशोरी महिलासंग सचेनता कार्यक्रम गर्ने पनि निर्णय भएको छ ।
त्यसै गरी बैठकले यातायात क्षेत्रमा यात्रुवाहक ठुला सवारीसाधनहरुमा आरक्षण सिटको व्यवस्था भए÷नभएको अनुगमन, निरीक्षण र नियमन गर्ने निर्णय पनि गरेको छ । यातायात क्षेत्रबाट सो आरक्षण भए/नभएको ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलबाट गर्न पनि बैठकले अनुरोध गरेको छ ।
फागुन २४ गते सिद्धार्थनगरका जनप्रतिनिधि, शिक्षक कर्मचारीहरु, संघ–संस्थाका प्रतिनिधि व्यानरसहित बुद्धचोकबाट बिहान साढे ७ बजेबाट र्याली निकाल्ने पनि बैठकले निर्णय गरेको छ । कार्यक्रममा जोखिमपूर्ण श्रमसंग जोडिएका महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।
नगर उपप्रमुख काफ्लेको अध्यक्षतामा बसेको बैठकमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापा, नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत यादव प्रसाद सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख दिवश बहादुर जिसी, जिल्लाप्रहरी कार्यालयका भिमार्जुन अधिकारी, लायन्स क्लब आफ सिद्धार्थनगर लोटसका अध्यक्ष दुर्गा आचार्य, नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्याल, डिभिजन समाजिक कार्यालयका श्याम न्यौपाने, शुभअवसर ग्राम नेपालका विकास देवकोटा, माइती नेपालका भैरहवा प्रमुख माया क्षेत्री, सामी परियोजनाका सिता भण्डारी पन्थ लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij