२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

नेपाल राष्ट्रिय अभिभावक संघ मायादेवीको अध्यक्षमा रेग्मी

शुक्रवार , श्रावण ३२, २०८१

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ३२ साउन । नेपाल राष्ट्रिय अभिभावक संघ मायादेवी गाउँपालिका, रुपन्देहीको अध्यक्षमा सन्देश रेग्मी चयन भएका छन् । संघ मायादेवीको शुक्रबार भएको प्रथम अधिवेशनले रेग्मीको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

    संघको उपाध्यक्षमा केशव लामिछाने र टेक कुमारी श्रेष्ठ, सचिवमा अक्लेश यादव, कोषाध्यक्षमा पंकज यादव र सहसिचवमा सुल्ताने आलम रहेका छन् । त्यस्तै सदस्यहरुमा गौरी केवट, कनैया पासी, दीपचन्द यादव, साधु यादव, शिवशंकर दुवे, रामपति लोध, श्रीधर क्षेत्री र विष्णु यादव रहेको निर्वाचन समिति सदस्य जगन्नाथ न्यौपानेले जानकारी दिए ।

    नवनिर्वाचित अध्यक्ष रेग्मीले सबैको साथ र सहयोगले रचनात्मक कार्यहरु गर्दै जाने बताए ।

    नेपाल राष्ट्रिय अभिभावक संघ रुपन्देही जिल्ला अध्यक्ष भोज बहादुर थापाको अध्यक्षता, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद लामिछानेको विशिष्ट आतिथ्यता राष्ट्रिय अभिभावक संघ रुपन्देही जिल्ला काेषाध्यक्ष भिष्मराज पन्थी,  जिल्ला सदस्य जगन्नाथ न्यौपानेकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।