images

शुक्रवार, बैशाख १४ गते २०८१

उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्नेछु

उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्नेछु

images
images
images
बुधवार, फाल्गुण १९ २०७७
बुधवार, फाल्गुण १९ २०७७
  • उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्नेछु

    २०७७ फागुन २१ र २२ गते सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशन हुँदैछ । यसै सन्दर्भमा संघको अधिवेशनमा उद्योगतर्फको कार्यसमिति सदस्य पदको उम्मेदवार ओम जैसीसंग खबरपात्रोसगं गरिएको कुराकानीको सम्पादित अशं :

    images

    तपाईले सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । के कस्ता मुद्धाहरु लिएर उम्मेदवारी दिनुभएको छ ?

    म विभिन्न संघ–संस्थामा आबद्ध छु । सबैसंग भाइचारा र बन्धुत्व बढाउने हो । र संघमा आबद्ध उद्योगी व्यवसायीहरुसंग निकटतम सम्बन्ध बढाउने हो । उहाँहरुसंग हातेमालो गर्दै अगाडी बढ्नेछु । बजारमा देखिएका समस्याहरु व्यवस्थापन गर्नेछु । दिनदिनै  बजार बढिरहेको छ तर ग्राहक छैनन् । बजारीकरणको समस्या छ । व्यस्त बजारमा सार्वजनिक  शौचालयको व्यवस्था छैन् । सिक्स लेन सडकको सर्भिस लेनमा जामको समस्या छ । गल्लामण्डीमा सामान लोडिङ अनलोडिङको राम्रो व्यवस्थापन छैन जसले गर्दा नागरिक र उद्योगी व्यवसायीलाई समस्या परेको छ । राज्यको राम्रो नीति नहुँदा विद्युतमा व्यवसायीले मंहगो शुल्क तिर्नुपरेर्कोे अवस्था छ । कोरोना महामारीका कारण  बेलहिया नाका बन्द छ जसले गर्दा बाहिरी पर्यटकहरुको आगमन हुन सकेको छैन् । त्यसै कारण भैरहवा लुम्बिनी क्षेत्रका  होटल व्यवसायी धरासायी भएका छन् । यस्ता खालका समस्याहरु बजारमा धेरै छन् । यिनै समस्या समाधानका लागि संघका साथीहरु उद्योगी व्यवसायीका समस्या समाधानमा लाग्नुभएको छ । र, म पनि एक व्यवसायी र सामाजिक क्षेत्रमा लागेको हुनाले म संघमा प्रवेश गरेर उहाँहरुसंग सहकार्य गर्दै उद्योग व्यवसायमा रहेका समस्याहरु समाधान गर्न मेरो प्रयत्न रहनेछ ।

    तपाईको व्यवसाय कस्तो चलिरहेको छ ?

    अहिलेको अवस्थामा व्यवसाय जटिल बन्दै गएको छ । व्यवसाय सञ्चालन भए पनि यसलाई अगाडी बढाउन निकै समस्या परेको छ ।

    कुन क्षेत्र र वर्गका व्यवसायीको प्रतिनिधित्व गर्नुहुन्छ ?   

    समग्र भन्नुपर्दा सबै क्षेत्रको प्रतिनिधित्व गर्छु । किनभने मलाई साना देखी ठूला  व्यवसायको अलिअलि अनुभव भएकोले सबै क्षेत्रको  प्रतिनिधित्व गर्न सक्छु भन्ने लाग्छ । हाल सिनेमा हल सञ्चालन गर्दै आएको छु ।

    तपाईलाई उद्योगी व्यवसायीले किन मतदान गर्ने ? 

    म एक सामाजिक व्यक्ति र यही क्षेत्रको उद्योगी व्यवसायी भएका कारण प्रगाढ सम्बन्ध स्थापित गर्न, उद्योगी व्यवसायीको प्रतिनिधि संघमा छ है भनेर मलाई उहाँहरुले मलाई छान्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।

    विजयी हनुभयो भने व्यवसायिक हकहितका लागि के कस्तो काम गर्नुहुन्छ ?

    म यही क्षेत्रमा आबद्ध भएकोले सधै  यिनै मुद्धा उठाउँदै आएको छु यस भैरहवा क्षेत्रको लागि । सिद्धार्थनगरमा घुम्ती शौचालयको व्यवस्था गर्न पहल गर्नेछु । बजारीकरणमा ध्यान दिनेछु । गल्लामण्डीमा व्यवस्थित ढंगले सामान लोडिङ र अनलोडिङको व्यवस्था, सर्भिस लेनको समस्यालाई समाधान गर्न लागिपर्नेछु ।

    संघलाई बलियो र संस्थागत बनाउने तपाईंसंग कुनै योजना छ ?

    संघलाई बलियो बनाउन अझ सशक्त रुपमा लाग्छु । व्यक्तिगत स्वार्थ छोडेर सामाजीक र संस्थागत स्वार्थमा लागियो भने निश्चय नै संस्था बलियो हुन्छ ।

    संघमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यहरुले आफ्नो स्वार्थमा मात्र काम गर्छन्, उद्योगी व्यवसायीको हकहित हेर्दैनन् भन्ने आरोप छ नि ?

    हुन त सबैले चाहेको जस्तो बन्न र गर्न सकिदैन काम गर्दै जादा साना तिना समस्या आउँदै गर्दछन् भनेको समयमै पूरा नहोला तर सबैलाई समेटेर जमनु पर्दछ । सबैको सुझाव सल्लाह लिएर अगाडी बढ्नेछु । तर बोलेको कुरा पुरा गर्दै जानुपर्छ ।

    अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

    कम्मर कसेर लागेको छु । उद्योगी व्यवसायीहरुले निर्वाचित गरेर संघमा पुर्याइदिनुभयो भने हजुरहरुको प्रतिनिधि त्यहाँ हुने । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्नेछु । उहाँहरुलाई साथ लिएर अगाडी बढ्नेछु ।
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij