२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्सामा चार सय ८९ केजी लागुऔषधसहित एकजना पक्राउ

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं, ३२ साउन । पर्साबाट भारी परिमाणमा लागुऔषधसहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

चार सय ८९ केजी लागुऔषधसहित पटेर्वासुगौली गाउँपालिकाबाट पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रवार पत्रकार सम्मेलन पक्राउ पर्ने कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली बस्ने ४० वर्षका फुलसरिफ मिँया रहेको बताएको छ । पर्सा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले विभिन्न किसिमको लागुऔषधहरु ठूलो परिणामा खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा गएराति गाउँपालिकाको वडा नम्बर ४ अकवा गाउँको बासँघारीबाट लागुऔषधसहित उनलाई पक्राउ गरेको बताउनु भयो । उनलाई जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ । शुरुमा उनको साथबाट ३० केजी लागुऔषध गाँजा फेला परेको थियो । उनले दिएको बयानको आधारमा बासँघारीमा खाल्डो खनी बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश र गाँजाको धुलो अर्थात पोल्याण्ड समेत बरामद भएको प्रहरी उपरीक्षक ढुंगेल जानकारी दिनुभयो । बोराभित्रबाट थप १९२ केजी चरेस र २६७ केजी पोल्याण्ड समेत भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि लागुऔषधसम्बन्धि मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


त्यसै गरी पर्सा प्रहरिले साउन महिनादेखि हाल सम्म ८ करोड तीस लाख तीस हजार दुई सय सठ्सठी रुपैयाँ बराबरको विभिन्न माल समान अवैध तरिकाले भन्सार छली ल्याइएको समान पक्राउ गरेको छ । सो महिनामा २६ वटा पुराना मुद्दा फछ्र्यौट गरेको, सामुदायिक प्रहरी साझेदारी अन्तर्गत १२७ वटा सचेतना मुलक कार्यक्रम गरेको, दुई हजार ६ सय ३८ वटा ट्राफिक कारबाही गरेको, एकाइस लाख १३ हजार एक रुपैयाँ ट्राफिक कारबाहीबाट राजश्व संकलन गरेको र ३० जनालाई भिए ।

पर्सा प्रहरिले गत २५ गते बिरगंजको वडा नम्बर ६ रेल्वे रोडबाट करिव ४ करोड ४६ लाख  मूल्य बाराबरको ४६ कार्टुन इलोक्ट्रोनिक चुरोट (भेप) बरामद गरी राजश्व कार्यालय पथलैया बारा पठाएको थियो ।