२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

होराइजन गौतम बुद्ध मा.वि.मा वेभ डेभलपमेन्ट तालिम

शनिवार , भाद्र १, २०८१

भैरहवा, १ भदौ । होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा–१, ड्राइभरटोलले वेभ डेभलपमेण्ट तालिम सम्पन्न गरेको छ । कक्षा ११ मा कम्प्यूटर विषय अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै एक हप्तासम्म सञ्चालन भएको एचटीएमएल, सीएसस, जाभा स्कृप्ट, जीआईटी हब तालिमको एक कार्यक्रमकाबीच सम्पन्न गरेको हो ।

विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यद्वारा २०८१ साउन २७ गते उद्घाटन गरिएको तालिम साउन ३२ गते समापन गरिएको छ ।

दैनिक ३ सिफट्मा सञ्चालन भएको उक्त कार्यक्रममा २५० बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

विद्यार्थीहरुलाई वेभसाइट तयार गर्नका निम्ति आइपर्ने व्यवहारिक सीपको विकास गर्ने गराउने र व्यक्तिगत तथा व्यवसायिक वेभसाइट तयार गर्नका निम्ति सक्षम बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्राध्यापक माधव अर्यालले जानकारी दिए ।

 

WhatsApp Image 2024-08-16 at 6.21.54 PM.jpeg

कार्यक्रमलाई गुणस्तरीय र परिणाममुखी बनाउने उद्देश्यले सोही क्षेत्रका वेभ कार्यक्रम विज्ञ, स्किल प्रम्ट कम्पनीका वैजनाथ चौधरी र विशाल थापा स्रोत व्यक्तिका रुपमा रहेको स्कुलका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए । उनले विद्यार्थीहरुलाई विगतका वर्षहरुदेखि नै नेतृत्व, व्यक्तित्व विकास तालिम, बैंकिङ् तालिम, लेखा तालिम, शेयर मार्केट तालिम, कम्प्युटर विज्ञान र होटल व्यवस्थापन सम्बन्धी विविध किसिमका तालिम दिइदै आएको बताए ।  

तालिममा सहभागी विद्यार्थीहरुले तालिमबाट आफूहरुलाई धेरै फाइदा भएको र वेभपेज डिजाइन सम्बन्धी कार्यमा अझ उत्सुक बनाएको कुरा बताए । प्राचार्य गोपालप्रसाद आचार्यले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसाल, संयोजक प्रदीप अर्याल, डा.नारायणप्रसाद पन्थ, अतिरिक्त क्रियाकलाप संयोजक डा. मुरारी पराजुली, कम्प्युटर विषयका प्राध्यापकहरु, स्किल प्रम्टका एम.डी. इञ्जिनियर दिपेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमको सञ्चालन तालिमका संयोजक प्राध्यापक माधव अर्यालले गरेका थिए ।