२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

इन्जिनियर्स एसोसिएसन (एनइए) को अध्यक्षमा रूपन्देहीका नन्दलाल बन्जाडेको उम्मेदवारी

शनिवार , भाद्र १, २०८१

बुटवल, १ भदौ ।
देशभरका इन्जिनियरहरूको छाता संगठन इन्जिनियर्स एसोसिएसन (एनइए) को अध्यक्षमा रुपन्देहीका इञ्जिनियर नन्दलाल बन्जाडेले उम्मेदवारी दिएका छन् । आगामी भदौ २८ गते हुने ३४ औं कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्षमा बन्जाडेले उम्मेद्वारी दिएका हुन । अध्यक्षमा बन्जाडेसहित ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक इञ्जिनियर डा. पवनकुमार भट्टराईले बताए ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा बन्जाडेसहित राजेन्द्र प्रसाद हाडा,  रामेश्वर प्रसाद कलवार, विष्णु प्रसाद पाण्डे, दीपक श्रेष्ठ र सुबास चन्द्र बरालको उम्मेदवारी परेको छ । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध समाजवादी इन्जिनियर्स एसोसियसन नेपाल (सीन) का तर्फबाट बन्जाडेको उम्मेदवारी परेको हो । बन्जाडेले इञ्जिनियरहरुको संस्थालाई सकभर सहमतीय नेतृत्वका लागि पहल गरिएपनि त्यो सम्भव नभएपछि अन्तत निर्वाचनको मैदानमा उत्रिएको बताए ।

इञ्जिनियरहरुका बीचमा साझा जस्तै रहेका बन्जाडेले इञ्जिनियरहरुको हकहित र राष्ट्र निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । २०७५ सालमा बाग्मती प्रदेशको पहिलो अध्यक्षमा निर्वाचित भइसकेका बन्जाडेले केन्द्रीय कार्यकारिणी अध्यक्ष बनेर इञ्जिनियर्स एसोसिएशनको नेतृत्व गर्न मैदानमा होमिएका हुन् । 

यसअघि बाग्मतीको अध्यक्षमा पराजित भएका सुभाष चन्द्र बराल नै बन्जाडेका अहिलेका पनि मुख्य प्रतिष्पर्धी हुन् । उनी नेपाली काँग्रेस निकट सिडेनका हुन् । ६२ वर्षअघि विस २०१९ सालमा स्थापित नेपाल इन्जिनियर्स एसोसिएसनमा निरन्तर सीडेनको पकड थियो ।

३२ औं केन्द्रीय कार्यकारिणी निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिल्दा पीनले अध्यक्ष र नियोनले महासचिव जितेका थिए ।

३३ औं निर्वाचनमा सबैले अलगअलग उम्मेदवारी दिएका थिए । योपटक वामपन्थी इञ्जिनियरहरुबीच तालमेल गर्ने भनिए पनि अन्तत पीन र नियोनविच नेतृत्वमा सहमती नभएपछि छुटाछुटटै निर्वाचन हुने भएको हो । ‘हामी सकभर सहमतिमै नेतृत्व बनाउने, त्यो पनि नभए वामपन्थीहरुबीच एकता हुनुपर्छ भन्नेमा थियौं’ सिनका तर्फबाट अध्यक्षका उम्मेदवार बन्जाडेले भने –‘अब संस्थालाई नेतृत्व गर्ने र इञ्जिनियरहरुको पेशागत हकहित र राष्ट्र निर्माण गर्न म मैदान उत्रेको छु ।’ उनले इञ्जिनियरहरुले आफूलाई साथ दिने विश्वास व्यक्त गरे । 

bl9zIaAI.jpg

इन्जिनियरिङ कलेजबाट स्नातक (बी.ई) गरेर इन्जिनियरिङ परिषदबाट लाइसेन्स प्राप्त इन्जिनियरहरु यस संस्थाको सदस्य हुन पाउने प्रावधान छ । २८ भदौमा काठमाडौं, विर्तामोड, विराटनगर, इटहरी, जनकपुर, वीरगंज, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढी गरी १४ स्थानमा मतदान केन्द्र रहनेछन् । 

निर्वाचन समितिले प्रकाशन गरेको केन्द्रीय प्रारम्भिक सूचीअनुसार अध्यक्षमा ६, उपाध्यक्षमा ७, महासचिवमा ६ तथा उपमहासचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष पदमा ७/७ जनाले उम्मेदवारी दिएका छन् । १२ सदस्य पदका लागि ७४ जनाले उम्मेदवारी दिएका छन् ।