२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

भ्रष्टाचारीलाई जोगाउनका लागि नयाँ सत्ता समीकरण बन्यो : प्रचण्ड

शनिवार , भाद्र १, २०८१

  • 811
    Shares
  • 811
    Shares
  • काठमाडौं, १ भदौ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारीलाई जोगाउनका लागि नयाँ सत्ता समीकरण बनेको बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणका साथै सुशासन, सामाजिक न्यायको पक्षमा आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको भन्दै अहिले भ्रष्टाचारीलाई जोगाउनका लागि नयाँ सत्ता समीकरण बनेको बताएका हुन् ।
      
    अहिलेको सत्ता समीकरणको उदेश्य जनताले राम्ररी बुझेको उनले बताए । प्रचण्डले आफ्नो पार्टी सरकारबाट हट्ने परिस्थिति आउनु जनतामाझ जाने राम्रो अवसर भएको धारणा राखे ।

    स्थायी समितिको बैठकपछि नेता जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रम कसैमा नरहेको उनको भनाइ छ । उनले बैठकमा शर्माले राखेको दस्तावेजलाई पनि समेटेर अघि बढ्ने उल्लेख गरे ।

    प्रचण्डले पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताउँदै अब जनताको घरघरमा गएर माओवादीलाई जनतासँग जोड्ने बताए ।