२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुख्यमन्त्री आचार्य बने एमाले लुम्बिनी संसदीय दलको नेता

शनिवार , भाद्र १, २०८१

भैरहवा, १ भदौ । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । साउन ७ गते संसदीय दलको नेताबाट पूर्वमुख्यमन्त्री समेत रहेका लिला गिरीले राजीनामा दिएपछि शनिबार पहिलोपटक पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो । 

गिरीले यसअघि उपनेता रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । शनिबार रुपन्देहीको बुटवलस्थित मुख्यमन्त्री निवासमा बसेको दलको बैठकले आचार्यलाई दलको नेता र उपनेतामा भोजप्रसाद श्रेष्ठलाई बनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले बताए । त्यसै गरी संसदीय दलको प्रमुख सचेतकमा यसअघि पनि सोही पदमै रहेका तुलसी प्रसाद चौधरीले जिम्मेवारी पाएका छन् ।

दलको नेता बनेपछि आचार्यले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने बताए ।