
शनिवार , भाद्र १, २०८१
भैरहवा, १ भदौ ।
भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालमा मुटु रोगको विशेषज्ञसहितको उपचार सेवा सुरु गरिएको छ । भैरहवा र यस आसपासबाट मुटुसहितको रोगको उपचारका लागि बुटवल तथा काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्यका लागि विशेषज्ञसहितको उपचार सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
मुटु सेवा विभागको मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले उद्घाटन गरेका थिए । अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले ७ वर्षअघि भैरहवामा स्थापना गरिएको अस्पताले बालरोग, गाइनो, मृर्गौला, न्यूरो सर्जरी लगायत विशेषज्ञ सेवा प्रदान गर्दै आएको बताए । अस्पतालले स्थानीय बासिन्दाको मागबमोजिम मायादेवी–८ स्थित लुम्बिनीरोडमा सुविधासम्पन्न भवन निर्माण गरी अन्य सेवासहित मुटुरोग विभाग स्थापना गरिएको उनको भनाइ छ ।
उच्चस्तरीय उपकरण जडान गरेर मुटु रोग विभागको शुभारम्भ गरिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । मुटुरोग परीक्षण र उपचारका लागि जरुरी ईको, इसीजी, टीडीयू, सीसीयूका उपकरणसँगै र आधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याएको उनले बताए ।
अस्पतालले नयाँ विभागमा बंगलादेशको ढाकामा अध्ययन गरेका मुटुरोग विशेषज्ञ चिकित्सक सुधीरप्रसाद शाहको नेतृत्वमा उपचार सेवा प्रदान गरिने जनाए । अनुभवी चिकित्सक र नर्सिङ समूह बनाएर सेवा सञ्चालनमा ल्याएकाले सर्वसाधारणले गुणस्तरीय सेवा प्राप्त गर्ने पौडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij