२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीद्वारा वित्तीय साक्षरता कार्यक्रम

शनिवार , भाद्र १, २०८१

भैरहवा, १ भदौ । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) ले वित्तीय साक्षरता कार्यक्रम गरेको छ। एलएसडीटीका सदस्यहरुलाई लक्षित गरेर आयोजित कार्यक्रमका प्रमुख अतिथि गौतम कुमार गुप्ताले सहजीकरण गरेका थिए ।

गौतमले बचत गर्न प्रोत्साहन गर्दै प्रविधिका माध्यमबाट गरिने ठगीबाट बच्न समेत आग्रह गरे । गौतम महालक्ष्मी विकास बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख हुन् । उनी लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका पूर्वअध्यक्ष समेत हुन् । गौतमको प्रशिक्षण प्रभावकारी रहेको सहभागीले बताए ।

तालिम कार्यक्रममा ‘मेरो कर्म, मेरो खुशी’ अन्तर्गत एलएसडीटीका सदस्य रश्मी लोहनी पन्तले उत्प्रेरक अनुभव साझा गरेकी थिइन् । उनको जीवनका कथा सुन्दा सम्पूर्ण सहभागी भावुक मुद्रामा देखिन्थे । ‘रश्मी लोहनीको कथाले मलाइ आत्मबल बढाएको छ, ’सहभागी गीता बन्जाडेले भनिन् ।

WhatsApp Image 2024-08-17 at 4.36.35 PM.jpeg

रश्मीको कर्मबाट धेरै सिक्न सकिने राजेश पाण्डेले बताए । पाण्डेले रश्मीको जीवन कथासँग सान्दर्भिक एउटा गीत पनि गाएका थिए ।

१२७ औ श्रृंखलामा सहभागीहरुलाई श्रृंखलाका अध्यक्ष एवंएलएसडीटी सदस्य मनिष भट्टराईले धन्यवाद ज्ञापन गर्दै अन्य युवाहरुलाई एलएसडीटीमा जोडिन आग्रह गरे ।

कार्यक्रम संयोजक एलएसडीटी सदस्य अनुष्का भट्टराईको वागत तथा एलएसडीटी सदस्य आयुशी भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रारम्भिक सहजीकरण अनुपम गुप्ताले गरेका थिए भने एलएसडीटी सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले एलएसडीटीबारे जानकारी गराएका थिए ।

भैरहवाको एसियन बुद्ध होटलमा हरेक शनिवार सञ्चालन हुने यो तालिमको मुख्य प्रशिक्षक तथा संस्थापक विजय पाण्डे हुन् । यो निःशुल्क सञ्चालन हदै आएको छ । स्वेच्छाले सदस्यहरुले योगदान गर्दै आएको व्यवस्थापन समितिका सदस्य नितु थापाले बताइन् । तालिम अघि ध्यान गरिन्छ । कार्यक्रममा ब्रहामाकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाका ब्रह्माकुमारीहरुले ध्यान गराएको सहभागीले बताए ।

WhatsApp Image 2024-08-17 at 4.37.20 PM.jpeg