
आइतवार , भाद्र २, २०८१
काठमाडाैं, २ भदाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताए । उनले एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताए । उनले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको बताए । उनले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने बताए ।
मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताए । उनले सबै मिलेर विकृतिको अन्त्य गरी असल बाटोमा मुलुकलाई लैजाने प्रतिवद्धता गरे । रचनात्मक र सिर्जनशिल बाटोबाट मुलुक निर्माण गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij