
आइतवार , भाद्र २, २०८१
काठमाडौं, २ भदौ ।
नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै भुसालले अहिले संविधान संशोधनको चर्चा चलिरहेको भन्दै त्यसका नाममा लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने बताएका हुन् ।
संविधान संशोधनको उद्देश्य स्पष्ट हुन नसकेको भन्दै भुसालले दुईदलीय व्यवस्था कायम गर्ने वा समानुपातिक समावेशी हटाउने काम स्वीकार्य नहुने स्पष्ट पारे । उहाले दुई दलका बीचमा सहमतिलाई राष्ट्रिय सहमतिको भाष्य सिर्जना गर्न खोजिएको भन्दै दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने धारणा राखे ।
भुसालले संविधान निर्माणपछि बनाउनुपर्ने कानूनमा सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी हुनुपर्ने बताए ।
महत्वपूर्ण विधेयकहरु निर्माणको गति निकै सुस्त भएको उनले बताए । उनले साँच्चै संविधान संशोधन गर्ने हो भने राष्ट्रिय बहसको आवश्यकता पर्ने जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij