२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो : प्रधानमन्त्री ओली

आइतवार , भाद्र २, २०८१

  • 862
    Shares
  • 862
    Shares
  • काठमाडौं, २ भदौ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पारेका छन् ।

    एमाले निकट नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार च्यासलमा सम्बोधन गर्दै ओलीले कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताउँदै भ्रष्टाचारविरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पारेका हुन् । 

    उनले अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको र भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्ने बताए । नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीले बताए । उनले संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउनेतर्फ ध्यान जानुपर्नेमा जोड दिए ।

    लोकतन्त्र जनताको शासन भएको बताउँदै ओलीले कसैको सनकका भरमा शासन सञ्चालन नहुने बताए ।

    उनले कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान् बनाउन खोज्ने र योगदान गरेकालाई बदनाम र अपमान गरेर सिध्याउन खोज्ने प्रयास भएकाले सबैले त्यसलाई बुझ्न जरुरी रहेको धारणा राखे । प्रधानमन्त्री ओलीले सरकाले खेल क्षेत्रको महत्व बुझेको बताउँदै आफ्नो गच्छे अनुसार खेल क्षेत्रको विकासका लागि काम गर्ने बताए ।