
सोमवार , भाद्र ३, २०८१
भैरहवा, ३ भदौ ।
भारतको पश्चिम बंगाल राज्यको कलकत्तामा प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा नेपालमा पनि प्रदर्शन जारी छ । कलकत्ताको आरजी कर मेडिकल कलेजकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अगष्ट ९ तारिख शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो ।
ड्युटीमा रहेका बेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका छन् ।
मृतक डा. मौमिता देवनाथको सम्झनामा भैरहवामा दीप प्रज्जवलन गरेको छ । शिक्षा एजुकेशनल इन्ष्टिच्यूटले बैंकरोड (बुद्ध बजार) मा आइतबार साँझ दीप प्रज्जवलन गरेको हो ।
दिवंगतको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्जवलन गरिएको शिक्षा एजुकेशनल इन्ष्टिच्यूटका अध्यक्ष जय सिंह थापाले बताए । उनले यो घटनाको जति विरोध गरे पनि कमै हुने बताए । घटनामा संलग्न दोषीलाई कडा कारवाही हुनुपर्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij