२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य हुँदैन : मन्त्री खड्का

सोमवार , भाद्र ३, २०८१

  • 523
    Shares
  • 523
    Shares
  • काठमाडाैं, ३ भदाै । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पु¥याउने काम क्षम्य नहुने बताएका छन् ।

    आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजश्व चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताए  । अहिले दुई ठूला राजनीतिक दल मिलेकाले निजी क्षेत्रका समस्याहरु समाधान गर्ने र मुलकमा समृद्धि कायम हुनसक्ने बताए । उनले अहिले देश विकासका लागि ठूलो अवसर रहेको भन्दै यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताए । उनले जलश्रोत विधेयक फिर्ता लिन माग गरिएको भन्दै अब विधेयक फिर्ता लिने भन्दा पनि आवश्यक नीतिगत सुधार गरेर पास गर्ने बताए ।

    मन्त्री खड्काले निजी क्षेत्रको सहयोग बिना मुलुकको समृद्धि सम्भव नरहेको बताए । उनले सरकारले नीतिको सुधार गर्ने र व्यवसायीहरुले आफ्ना कमजोरी हटाएर मुलुक निर्माणमा लाग्नुपर्ने बताए । उनले सरकारले खोलैपिच्छेका निजी कम्पनी दर्ता गरेको तर वर्षौंदेखि अलपत्र रहेको बताए । सरकारले कम्पनी बनाएर व्यापार गर्ने भए निजी क्षेत्र किन चाहियो ? भन्दै प्रश्न गरे ।